तीन दिनमा करिब १०३.४४ अंकले घट्यो शेयर बजार, कारोबार रकम ३ अर्बमा सिमित

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार झिनो अंकले घटेको छ ।

आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक १.६४ अंकले घटेर २६२८.३७ विन्दुमा झरेको छ । नेप्से ०.०६ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक भने ०.१८ अंकले बढेर ४९५.६३ विन्दुमा झरेको छ । 

यस साता यसअघि कारोबार भएको २ कारोबार दिनमा पहिलो दिन नेप्से परिसूचक ८०.२९ अंकले र सोमबार नेप्से परिसूचक २१.५१ अंकले घटेको थियो । 

अन्तिम समयसम्म कारोबारमा आएका कूल २२५ वटा कम्पनीको ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९ सय ९१ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको सेयर घटेको छ ।

आज २ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सामलिङ्ग पावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४ सय १९ रूपैयाँ ५० पैसा पुगेको छ । यस्तै, न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ४१ रूपैयाँ ५० पैसा पुगेको छ ।

यस दिन आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड २ लाख ७६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको शेयरमूल्य ४.७७ प्रतिशतले घटेर एक हजार ६ सय १६ रूपैयाँमा झरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया