सिटिजन्स म्युचअल फण्ड १ को नोक्सानी ९७ लाख बढी, शेयरमा लगानी कति ?

४ बर्ष अगाडि

काठमाडौं, सिटिजन्स म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचअल फण्ड १ ले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी असोज महिनाको तुलनामा कात्तिक महिनामा घटेको छ । फण्डले असोज मसान्तसम्ममा रू. २ करोड ८ लाख ६७ हजार नोक्सानीमा रहेकोमा कात्तिक मसान्तमा घटेर रू. ९७ लाख १० हजारमा झरेको हो ।

त्यसैगरी, फण्डको एनएभी भने असोज महीनाको तुलनामा कात्तिक महिनामा वृद्धि भएको छ । असोज मसान्तसम्ममा फण्डको एनएभी रू. ११.०५ रहेकोमा कात्तिक मसान्तमा वृद्धि भएर रू. ११.१९ पुगेको हो ।

कात्तिक महिनानामा फण्डको सूचीकृत शेयरमा लगानी भने घटेको छ । असोज मसान्तसम्ममा फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६५ करोड ८ लाख ४२ हजार लगानी रहेकोमा कात्तिक मसान्तमा घटेर रू. ६२ करोड ५४ लाख ६१ हजारमा झरेको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया