न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट, खरिदमाग उच्च

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबारमा आएको दोस्रो दिन पनि न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३४१.५० पुगेको छ । 

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १ लाख ६० हजार ६२१ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२८२.३ मा शुरु भएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया