काठमाडौं, नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित तीन योजनाका कात्तिक महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेका नबिल ब्यालेन्सड् फन्ड–२, नबिल ब्यालेन्सड् फन्ड–३ र नबिल इक्विटी फन्डको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको हो।
वित्तीय विवरण यी तीनै योजनाको न्याभ वृद्धि भएको देखाएको छ।
नबिल ब्यालेन्सड् फन्ड–२ को न्याभ कात्तिक मसान्तसम्म बढेर १३.८६ रुपैयाँ पुगेको छ। गत असोज मसान्तसम्म न्याभ १३.३८ रुपैयाँ रहेको थियो। यस योजनाअन्तर्गत कात्तिकसम्म सूचीकृत शेयरमा लगानी बढेर १ अर्ब २५ करोड रुपैयाँ बढी भएको छ। असोजसम्म सूचीकृत शेयरमा १ अर्ब १९ करोड रुपैयाँ लगानी रहेको थियो।
यो योजनाको कुल लगानी १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। असोजसम्म कुल लगानी १ अर्ब ४० करोड रुपैयाँ रहेको थियो। कात्तिकसम्म यो योजनाले कुल २ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। असोजसम्म कुल घाटा ७ करोड ४४ लाख रुपैयाँ रहेको थियो।
यसैगरी नबिल ब्यालेन्सड् फन्ड–३ को न्याभ कात्तिक मसान्तसम्म बढेर १०.०४ रुपैयाँ पुगेको छ। गत असोज मसान्तसम्म न्याभ ९.८७ रुपैयाँ रहेको थियो।
कात्तिकसम्म यो योजनाले कुल ४७ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। असोजसम्म कुल घाटा १ करोड ६० लाख रुपैयाँ रहेको थियो।
यस्तै नबिल इक्विटी फन्डको न्याभ पनि कात्तिक मसान्तसम्म बढेर १३.४८ रुपैयाँ पुगेको छ। गत असोज मसान्तसम्म न्याभ १३.२१ रुपैयाँ रहेको थियो।यस योजनाअन्तर्गत कात्तिकसम्म सूचीकृत शेयरमा लगानी घटेर १ अर्ब ३३ करोड रुपैयाँमा झरेको छ। असोजसम्म सूचीकृत शेयरमा १ अर्ब ३४ करोड रुपैयाँ लगानी रहेको थियो।
प्रतिक्रिया