काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब एक अंकभन्दा थोरैले बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार २१.४८ अंक बढेर २६३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३० अंक बढेर २६३०.३२ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०७ अंक घटेको छ।
यस दिन १८ कम्पीको शेयर कारोबार भएको छ जसमा ९ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
यस्तै, कारोबारमा आएका कम्पनीको ५९१ कित्ताको कारोबारमा ३ लाख ६० हजार बढीको कारोबार भएको छ ।
प्रतिक्रिया