मेगा बैंक र ग्लोबल आइएमई लघुवित्त शेयर मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले मेगा बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकोे शेयर मूल्य समायोजन गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले मेगा बैंक नेपालको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने ग्लोबल आइएकई लघुवित्त वित्तयि संस्था २८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजन पश्चात मेगा बैंकको प्रतिकित्ता १९२ रुपैयाँ ७३ पैसा र ग्लोबल आइएकई लघुवित्तको एक हजार ६९९ रुपैयाँ ३० पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। सोमबार मेगा बैंक नेपालको शेयर प्रतिकित्ता ३२२ रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको २ हजार १७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

मंगलबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

मेगा बैंक नेपालले मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा ११ औं साधारण सभा डाकेको हो। सो सभा बिहान ११ः१५ बजेदेखि हुनेछ।

सभाले १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर अथवा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न मंसिर २८ गते, मंगलबार, होटल पोखरा ग्राण्ड, पार्दीमा नवौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया