रोकिएन शेयर बजारको ओरालो यात्रा, दोहोरो अंकले घटेको बजारमा ४ अर्बको कारोबार

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबार दिन (सोमबार) पनि शेयर बजार ओरालो लागेको छ  ।

आज नेपाल स्टक एक्सेन्च(नेप्से) परिसूचक २१.५१ अंकले घटेर २६२९.९७ विन्दुमा झरेको छ । नेप्से ०.८१ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ५.९२ अंकले घटेर ४९५.५३ विन्दुमा झरेको छ । 

अन्तिम समयसम्म कूल २२८ वटा कम्पनीको ८२ लाख २५ हजार ८ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८९ लाख ३७ हजार १३३ रूपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार न्यादि पावर सहित जम्मा ६० वटा कम्पनीको शेयरमूल्य बढेको छ । आज न्यादि पावर कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ३ सय १० रूपैयाँ  ५० पैसा पुगेको छ । 

यस दिन महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ करोड ८१ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज  आइसिएफसी फाइनान्स कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ यो कम्पनीको शेयर १० प्रतिशतले घटेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया