काठमाडौ, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
संस्थाका संस्थापक शेयरधनी तोयानाथ चालिसे, रुद्र प्रसाद शर्मा र कृष्ण काजी के.सीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।
तोयानाथ चालिसेको ८ हजार कित्ता,रुद्र प्रसाद शर्माको ६ हजार कित्ता र कृष्ण काजी के.सीको ४ हजार कित्ता शेयर बिक्रीमा रहेको छ ।
उक्त संस्थापक शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा–१०, कास्कीमा लिखित जानकारी गराउन सकिनेछ । साथै तोकिएको समयमा कुनै लिखित जानकारी प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति, बैंक तथा वित्तीय संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया