१४ करोडमा निमार्ण कार्य सुरु भएको पुलको काम १० वर्ष पछि अन्तिम चरणमा

४ बर्ष अगाडि

काठमाडौं - कर्णाली करीडोर अन्तर्गत कालिकोट जिल्लाको कर्णाली नदीमा पर्ने खुलालु पुलको काम ९० प्रतिशत  सकिएको छ । आर्थिक बर्ष ०६८र६९ मा कन्काइ नेपाल प्रगती जेभी काठमान्डौंले निमार्णको जिम्मा पाएपछि सो पुलको निमार्ण कार्य सुरु भएको थियो । 

करिब १० वर्ष पछि पुलको  काम अन्तिम चरणमा पुगेपछि कर्णाली करीडोर अन्र्तगत पर्ने कालिकोट र बाजुरा जिल्ला लगाएत करीडोर आसपासका स्थानीयहरुमा खुसियाली छाएको छ । भ्याट सहित १४ करोडमा पुलको निमार्ण कार्य भएको जेभीका प्रतिनिधि दीपकराज मैनालीले बताए ।

विश्व व्यापी रुपमा फैलिएको कोरना महामारीका कारण पुल निमार्ण कार्यमा केही ढिलाइ भएको उनले बताए । मैनालीका अनुुसार पुल निमार्ण गर्दा आफुहरु संग सम्झौता अगाडि भएपनि काम भने २०७४ बाट सुरु भएको र आउने माघ १५ भित्र सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया