काभ्रेका १३ ओटै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व चयन

४ बर्ष अगाडि

राष्ट्रिय सम्मेलनको संघारमा रहेको नेकपा माओवादी केन्द्रले काभ्रेका १३ ओटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ । 

माओवादी केन्द्रको सर्कुलर अनुसार शनिबार बाट सुरु भएको पालिका सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो । शनिबार माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट एकै पटक देशब्यापी रुपमा सम्बोधन गरेका थिए । काभ्रेमा पनि केन्द्रीय स्तरका नेताहरुले पालिका सम्मेलनलाई सम्बोधन गरेको थिए । शनिबारबाट सुरु भएको सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । 

नमोबुद्ध नगरपालिका नगर कमिटि अध्यक्षमा मिन्डु लामा चयन भएका छन् । नगर कमिटिको उपाध्यक्ष नवराज अधिकारी, धर्म सिङ लामा र देवकी खनाल चयन भएको छ । सम्मेलनबाट सचिवमा ज्ञानेन्द्र देवकोटा, सह सचिवमा रामप्रसाद चिमौरिया चयन भएका छन् भने कोषाध्यक्ष निर्मला चिमौरिया रहेका छन् । नमोबुद्ध नगर कमिटि ६५  सदस्यीय नगर कमिटि चयन गरेको छ ।

त्यस्तै रोशी गाउँ कमिटिका दोस्रो गाउँ सम्मेलन कटुब्जेबेशीँमा सम्पन्न भएको छ । उक्त  सम्मेलनले डिल्ली प्रसाद रेग्मीको नेतृत्वमा ५५ सदस्यीय रोशी गाउँ कमिटीको निर्विरोध चयन गरेको छ ।
रोशी गाउँ कमिटीको उपाध्यक्षमा फुर्साङ तामाङ,नरबहादुर वाइबा र प्रकाश लामा, सचिवमा मानवीर लामा र सहसचिवमा हस्त लामा, कोषाध्यक्षमा भोला मैनाली सर्वसम्मत रुपमा चयन गरिएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्र मण्डनदेउपुर नगरको दोस्रो नगर सम्मेलनले निरन्जन बिष्ट  दिपको नेतृत्वमा ६५ सदस्यीय नगर कमिटीको निर्बिरोध चयन गरिएको छ । माओवादी केन्द्र मण्डन देउपुर नगर कमिटीको उपाध्यक्षमा कृष्ण कुमारी राई , ईश्वर ढकाल र रोहित मोक्तान रहेको छ । नगर सचिबमा गोकुल डोटेल र सह सचिबमा गेह नाथ बजगाइ रहेको छ । नगर कमिटीको कोषाध्यक्षमा तारा बहादुर अधिकारी सर्वसम्मत रुपमा चयन गरिएको छ ।

नेकपा माओवादी महाभारत गाउँ कमिटि अध्यक्षमा कान्छा लाल जिम्बा चयन भएको छ । उपाध्यक्षहरुमा रबिन मोक्तान, मिम बहादुर वाईबा र रमेश लुङगेली मगर चयन गरिएको छ । गाउँ कमिटिको सचिबमा रिजन मगर सह सचिबमा कान्छामान थिङ र कोषाध्यक्षमा असल लामा चयन गरिएको छ ।

खानीखोला गाउँ कमिटिको अध्यक्षमा अबिरल जिम्बा चयन भएको छ । उपाध्यक्षहरुमा सृजना थिङ, जिवन घिसिङ र सचिबमा राजन अधिकारी चयन भएको छ ।

बेथानचोक गाउँ कामिटि अध्यक्षमा तारा राना तिमल्सिना, उपाध्यक्षहरुमा मेन कुमार लामा, जय बहादु वाईवा र किरण कार्की रहेको छ । सचिबमा बेथनाथ तिमल्सिना। सह सचिबमा उमेश लामा र कोषाध्यक्षमा जगत बहादुर तामाङ चयन भएको छ ।

भुम्लु गाउँ कमिटिको अध्यक्षमा प्रेम भुजेल उपाध्यक्षहरुमा लेखनाथ श्रेष्ठ, सुर्यदेब योञ्जन, पेमा लामा र सचिबमा तुलसी मान तामाङ, सह सचिबमा युवक श्रेष्ठ र कोषाध्यक्षामा नम्रता लामा चयन भएकाछन् ।
पाँचखान नगर कमिटिमा अध्यक्षमा तेज प्रसाद गौतमको अध्यक्षतामा कमिटि चयन भएको छ । 

कमिटिको उपाध्यक्षहरुमा रमेश काफ्ले, भोजराज पन्त र सरिता तामाङ चयन भएकाछन् । कमिटिको सचिबमा राम गोपाल भुजेल, सह सचिबमा बिष्णु तामाङ र कोषाध्यक्षमा गिता भटट् सहित ६१ जनाको नगर कमिटि चयन गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया