अफ्रिकाको डान्सबारमा नेपाली चेलीहरुको तस्करी, ३० बर्षको जेल सजाय

४ बर्ष अगाडि

काठमाडौं, केन्याको एक अदालतले अफ्रिकाका डान्सबारमा नेपाली चेलीहरुलाई लगेर बेच्ने क्यानडाका एक मानवतस्करलाई ३० बर्षको जेल सजाय सुनाएको छ। 

 केन्याको अदालतले क्यानडियन व्यापारी असिफ अमिराली अलिभाई जेठा नामका ती व्यक्तिलाई मुम्बासाको अदालतले १२ नेपाली महिलाको  मानव तस्करी गरेकोे पुष्टि गर्दै उक्त सजाय सुनाएको हो । उनलाई व्यक्तिको मानव तस्करी, तस्करीको प्रवर्धन र यात्रा सम्वन्धी कागजपत्र परिवर्तन गरेकोमा दोषी देखाईएको छ । उनलाई वर्क पर्मिटबिना विदेशीलाई काममा लगाएको भन्दै ११ लाख स्थानीय मुद्रा जरिवाना गरिएको छ ।

जेठाले सञ्चालन गरेको रंगीला गर्ल एण्ड वारमा ट्रान्जिस्नल अर्गनाईज्ड् क्राईम युनिटले सन् २०१९ मा छापा मारी १२ नेपाली युवतीलाई उद्दार गरिएको थियोे ।उद्दार गरिएका नेपाली युवतीमध्ये दुई जना १६ र १७ बर्षका, आठ जना २२देखि २६ बर्षका, दुई जना ३० बर्षमाथिका रहेको बताईएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया