काठमाडौं, साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजारमा पहिरो गएको छ । नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार हुने १३ वटै उपसमूह ओरालो लागेका छन् ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो । त्यसैको असर सेयर बजारमा देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका (नेप्से) परिसूचक ८०.२९ अंकले घटेर २६५१.४९ विन्दुमा झरेको छ । नेप्से २.९४ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि १४.१९ अंकले घटेर ५०१.४५ विन्दुमा झरेको छ ।
कारोबारमा आएका कूल २३४ वटा कम्पनीको एक करोड १९ लाख ३ हजार २ सय २ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ ।
आइतबार म्युचुअल फण्डसहित जम्मा १० वटा कम्पनीको शेयरमूल्य बढेको छ । आज आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै ९.७७ प्रतिशतले बढेर ९ सय ३२ रूपैयाँ पुगेको छ ।
यस दिन महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ करोड ८१ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।
प्रतिक्रिया