एनआईबिएल समृद्धि फण्ड १ को एनएभी रू १२.६६ पुग्यो, शेयरमा लगानी कति ?

४ बर्ष अगाडि

काठमाडौं- एनआईबिएल समृद्धि फण्ड १ ले कात्तिक मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार फण्डको एनएभी असोज मसान्तको तुलनामा कात्तिक महीनामा बढेको छ । असोज मसान्तमा फण्डको एनएभी रू. १२.६२ रहेकोमा कात्तिक मसान्तमा वृद्धि भएर रू. १२.६६ पुगेको हो । 

असोज मसान्तसम्ममा रू. १ करोड २९ लाख ४९ हजार नाफा कमाएको उक्त फण्डले कात्तिक मसान्तमा वृद्धि गर्दै  रू. १ करोड ५८ लाख १४ हजार नाफा कमाएको छ । 

यस्तै सोही अवधीसम्ममा फण्डले रू. १ करोड ८७ लाख ९४ हजार आम्दानी गरेकोमा कात्तिक मसान्तमा वृद्धि भएर रू. २ करोड ४४ लाख ३६ हजार पुगेको हो ।  

कात्तिक महीनामा फण्डको सूचीकृत शेयरमा लगानी भने घटेको छ । फण्डले असोज महीनामा सूचीकृत शेयरमा रू. २८ करोड २० लाख २३ हजार लगानी गरेकोमा कात्तिक महीनामा घटेर रू.१० करोड २८ लाख ४३ हजारमा झरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया