काठमाडौं, गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ। अघिल्लो साता २७६९.१३ विन्दुमा बन्द भएको नेप्से, गत साता १.३५ प्रतिशत अर्थात ३७.३५ अंक घटेर २७३१.७८ विन्दुमा बन्द भएको हो।
साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार ओरालो लागेको लागेको थियो ।
यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २९०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २६०० विन्दुमा टेवा पाउने देखिन्छ। यद्यपि, यस साताको बजारलाई गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।
साताको अन्तिम कारोबार दिन नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तल लागेको देखिन्छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर भएको संकेत गर्दछ।
नेप्सेसँगै यस साता भोल्यूम पनि घटेको छ। यस साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्युम ५ अर्ब ५५ करोड रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २६.३३ प्रतिशत कम हो।
गत साता १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक मात्र बढेको थियो। जसमध्ये एक हो, होटल तथा पर्यटन उपसमूह।
गत साता सो उपसमूहको परिसूचक ०.९८ प्रतिशत बढेको थियो। अघिल्लो साता ३३६९.६१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता ३३.०८ अंक बढेर ३४०२.६९ विन्दुमा पुगेको थियो।
यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ३६०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ३२०० विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा यस उपसमूहको बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।
प्रतिक्रिया