काठमाडौं - केन्याको एक अदालतले अफ्रिकाका डान्सबारमा नेपाली युवतीलाई लगेर बेच्ने एक क्यानडाका मानवतस्करलाई ३० वर्षको जेल सजाय सुनाएको छ ।
केन्याको अदालतले क्यानडियन व्यापारी असिफ अमिराली अलिभाई जेठा नामका ती व्यक्तिलाई मुम्बासाको अदालतले १२ नेपाली महिलाको मानव तस्करी गरेकोे पुष्टि गर्दै उक्त सजाय सुनाएको हो ।
उनलाई व्यक्तिको मानव तस्करी, तस्करीको प्रवर्धन र यात्रा सम्वन्धी कागजपत्र परिवर्तन गरेकोमा दोषी देखाईएको छ ।उनलाई वर्क पर्मिटबिना विदेशीलाई काममा लगाएको भन्दै उनलाई ११ लाख स्थानीय मुद्रा जरिवाना गरिएको छ ।
प्रतिक्रिया