ताप्लेजुङका ८ स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन, मिक्वाखोलामा मंसिर १३ गते

४ बर्ष अगाडि

ताप्लेजुङ - नेकपा माओवादी केन्द्रले ताप्लेजुङका ८ स्थानीय तहमा पालिका अधिबेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । 

९ स्थानीय तह रहेको ताप्लेजुङमा मिक्वाखोला गाउँपालिकाको अधिबेशन भने मंसिर १३ का लागि तय गरिएको नेकपा माओवादी केन्द्र ताप्लेजुङका संयोजक बिजयप्रकाश वनेमले बताए । उनका अनुसार फुङ्लिङ नगरपालिका समन्वय कमिटीको अध्यक्षमा गंगाराम शंकर चयन भएका छन् । 

यस्तै फक्ताङ्लुङ गाउँपालिकामा मुक्ति लावुङ, मेरिङ्देन गाउँपालिकामा सुजन सामेखाम, आठराइ त्रिबेणी गाउँपालिकामा घननाथ गौतम, सिदिङ्वामा अमर इदिङ्गो, मैवाखोलामा आलोक शेर्पा, पाथीभरा याङ्वरकमा दिलिप पौडेल र सिरिजंगामा चित्र मावो अध्यक्ष रहेको कमिटी बनेको छ । 

१३ गते मिक्वाखोलाको अधिबेशन सकिएसंगै माओवादी केन्द्रले ताप्लेजुङका सबै स्थानीय तहमा पालिका समन्वय कमिटीमा नयाँ नेतृत्व चयन गरिसक्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया