बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ घाइते

४ बर्ष अगाडि

काठमाडौं - जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २७ जना घाइते भएका छन् ।

बाँकेको नेपालगञ्जवाट रुकुम पश्चिमको राडी बजार जाँदै गरेको ना.७ ख. २७५७ नम्बरको यात्रुवाहक रात्रिबस जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये रुकुम पश्चिमका शेरबहादुर परियार, चार बर्षिया बालिका विद्या शाहीको पहिचान खुलेको छ । दुर्घटनामा सप्तरीका शिक्षक गंगाराम यादवको पनि मृत्यु भएको छ । अरु दुई जनाको पहिचान खुल्न बाँकी रहेको छ ।

घाइतेहरुको उपचार जिल्ला अस्पताल खलंगामा उपचार भैरहेको छ । दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

बस सडकबाट करीब दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया