नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ८९० मत ल्याई सभापतिमा विजयी भएका हुन् ।
श्रेष्ठका प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मत ल्याएका छन् । त्यस्तै उपसभापतिमा झपेन्द्र गहिरेले ७५४, ज्ञानबहादुर गाहाले ७७३ मत ल्याई विजयी भएका छन् भने प्रतिस्पर्धी माधव नेपालले ५४३ र शङ्कर खनालले ३६४ मत पाएका छन् ।
सचिव पदमा सन्तोष थापा मगरले ८०७, सुनिता अधिकारीले ७८५ मत ल्याई विजयी हासिल गरेका छन् । उनका प्रतिस्पर्धी हुमनाथ न्यौपानेले ३८२ र रमा पन्तले ४५५ मत पाएका छन् । शुक्रबार भएको निर्वाचनमा दुई सहसचिवमा विष्णुकुमार थापाले ७४३ र हमिद अलिमियाँले ६४१ मत ल्याई विजयी भएका छन् । कूल मतदाता सङ्ख्या एक हजार ३८६ मध्ये निर्वाचनमा एक हजार ३१३ मत खसेको थियो ।
साथै बाँके क्षेत्र नम्बर २ को सभापतिमा रमेशकुमार गुप्ता निर्वाचित भएका छन् । भेरी प्राविधिक शिक्षालयमा सम्पन्न गणनामा सभापति पदमा गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । गुप्ताले २३९ र वीरेन्द्र शाहले १९१ मत प्राप्त गरे ।
यस्तै, सचिवमा सुनिलसिंह हमालले २६३, प्रदीप साहु तेलीले २५०, आशिष बर्माले १६७ र बुद्धिसागर सुवेदीले १३१ मत ल्याएका छन् । यस्तै, तरुण बज्राचार्यले २७१, सब्बिर खाले २१८, रमेशकुमार तिमिल्सिनाले १७१ र ओम प्रकाश चौहानले १४२ मत ल्याएको सहायक मतदान अधिकृत प्रभाकर भट्टराईले बताए । सभापति सहित सचिव र सहसचिवमा गुप्ताको प्यानल निर्वाचित भएको छ ।
उक्त क्षेत्रमा रहेका कूल ४ सय ५१ जना मतदातामध्ये ४ सय ४० मत खसेको थियो । गुप्ता र शाह दुवै संस्थापन पक्षका हुन् । तर, शाहलाई संस्थापन इतर ९कोइरालारपौडेल० पक्षको समर्थन रहेको थियो । गुप्तालाई भने संस्थापन पक्षले आफ्नो आधिकारिक उम्मेदवारको रुपमा अगाडी सारेको थियो ।
नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा ४७ मतान्तरले पोषण केसी निर्वाचित भएका छन् । क्षेत्र नम्बर ३ मा संस्थापन पक्षका नक्की खाँ निर्विरोध विजयी भइसकेका छन् ।
खाँसहित समानुपातिकतर्फबाट क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश ३ ९ख० कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए ।
प्रतिक्रिया