काठमाडौं - यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ । गत साता २७६९.१३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.३५ प्रतिशत अर्थात ३७.३५ अंक घटेर २७३१.७८ विन्दुमा झरेको छ ।
साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार घटेपछि, नेप्सेले सो बराबरको अंक गुमाएको हो । यस साता सेन्सेटिभ इण्डेक्स १.२२ प्रतिशत अर्थात ६.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५६ प्रतिशत अर्थात २.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९३ प्रतिशत अर्थात ३.३० अंक घटेको छ ।
नेप्सेसँगै यस साता कारोबार रकममा पनि घटेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ६० करोडको शेयर कारोबार भएकोमा यस साता दैनिक औषतमा ४ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको छ । यस साताको दैनिक औषत कारोबार रकम गत साताको तुलनामा २६.९६ प्रतिशत कम हो ।
नेप्से र कारोबार रकमसँगै कुल बजार पूँजीकरण पनि गत साताको तुलनामा घटेको छ । यस साता नेप्सेको यस्तो पूँजीकरण १.५६ प्रतिशत घटेको छ । गत साता ३८ खर्ब ९४ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता ६० अर्ब रुपैयाँ घटेर ३८ खर्ब ३४ अर्ब रुपैयाँमा सीमित भएको छ ।
प्रतिक्रिया