काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले नेपाली कामदारका लागि नेपाल आउने डिमाण्डमा अस्वस्थ प्रतिस्पर्धा नगर्न वैदेशिक रोजगार व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
नेपाल–कतार संयुक्त कार्यसमिति बैठकको तयारीबारे सरोकारवालाहरुसँग काठमाडौंमा शुक्रबार छलफल गर्दै मन्त्री श्रेष्ठले उक्त आग्रह गरेका हुन् ।
छलफलमा मन्त्रालयका उच्च अधिकारीहरुका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरुको सहभागिता थियो ।
डिमाण्ड ल्याउने विषयमा वैदेशिक रोजगार व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार सम्वन्धी कानूनको कडाइका साथ कार्यान्वयन गरिने बताए ।
भिजिट भिसामा नेपालीलाई विदेश पठाउन सहयोग गर्ने म्यानपावर कम्पनीहरुलाई कडा कारबाही गर्ने भन्दै मन्त्री श्रेष्ठले बेथिति रोक्न कडाइसाथ काम गर्ने चेतावनी दिए ।
कतार प्रहरीमा नेपालीलाई रोजगारीका लागि आएको अवसर गुम्न नदिने पनि मन्त्री श्रेष्ठले बताए ।
प्रतिक्रिया