काठमाडौं - मलेसियामा स्थापित बहुराष्ट्रिय गुड इयर टायर एण्ड रबर कम्पनीले नेपालीसहित अन्य आप्रवासी कामदारको शोषण गरेको समाचार सार्वजनिक भएको छ ।
बेलायती समाचार संस्था रोयटर्सले लामो अनुसन्धानमुलुक समाचार सार्वजनिक गर्दै आप्रवासी कामदारमाथि भएको शोषणले उक्त कम्पनीका उत्पादनमाथि अन्तर्राष्ट्रिय प्रतिवन्ध लाग्नसक्ने उल्लेख गरेकोे छ ।
रोयटर्सले आप्रवासी कामदारको कार्यस्थल, आवास मापदण्डअनुसार नभएको र लामो समयदेखि कामदारको तलब रोकिएको अनुसन्धानका क्रममा फेला परेको दाबी गरेकोे छ ।
यस विषयमा मलेसिया र अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एकैसाथ अनुसन्धान गरिरहेको भन्दै उक्त कम्पनी कामदार माथि भएको शोषणका वारेमा नयाँ तथ्यहरू आउने समाचारमा उल्लेख छ ।
प्रतिक्रिया