काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता २ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको हो ।
सामलिङ्ग पावर कम्पनी लिमिटेड
सामलिङ्ग पावर कम्पनी लिमिटेडको ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९८ रूपैयाँ ७७ पैसादेखि अधिकतम २ सय ९६ रुपैयाँ ३१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि SPC सिम्बोल पाएको छ ।
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको एक करोड ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि NYADI सिम्बोल पाएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो ।
प्रतिक्रिया