नेप्सेमा ६ वटा कम्पनीको बोनस सेयर समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ६ वटा कम्पनीहरुको बोनस सेयर समायोजन भएको छ । 

१. फर्स्ट माइक्रोफाइनान्स अघुवित्त वित्तिय संस्था लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फर्स्ट माइक्रोफाइनान्स अघुवित्त वित्तिय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

संस्थाको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ९ सय २१ रूपैयाँ ८१ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य एक हजार १४ रुपैयाँ ८० का आधारमा मूल्य समायोजन गरेको हो ।

२. नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले बैंकको १२।६१ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य ४०८ रुपैयाँ ४९ पैसा कायम भएको छ । 

नेप्सेले अघिल्लो अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । बैंकको शेयर पछिल्लो पटक ४६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

३. इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सेयरमूल्य समायोजन भएको छ ।

बैंकको ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३१ रूपैयाँ ४८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ३ सय ५८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

४. मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

संस्थाको २० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार २ सय रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

५. स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ४ सय ८६ रूपैयाँ ४५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य एक हजार ५ सय ३५ रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

६. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ५६ रूपैयाँ ५२ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ८ सय ७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया