नेपाली कांग्रेसको १४औँ महाधिवेशन : दाङ सभापतिमा चारजनाको नाम दर्ता, स्याङ्जामा थापा विजयी

४ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् । 

निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराएका छन् । त्यस्तै दाङको क्षेत्र नं ३ का  शङ्कर डाँगीले पनि मनोनयन दर्ता गराउनुभएको छ । उनी हालका जिल्ला सचिव छन् । 

स्याङ्जाको सभापतिमा थापा विजयी
नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गरे । 

कूल दुई हजार २५७ मतदातामध्ये दुई हजार २१८ मत खसेको थियो । विजयी  थापा संविधानसभा सदस्य हुनुहुन्छ भने मल्ल स्याङ्जा क्षेत्र नं २ प्रदेश ख का विजयी सांसद एवं नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक हुन् । दुवैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए । उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक÷एक जना निर्वाचित भएका छन् ।

विजयीमध्ये थापा समूहबाट उपसभापतिमा केदार काफ्लेले एक हजार ३७० र मल्ल समूहका शेरबहादुर थापाले ८९३ मत प्राप्त गरे । सचिवमा थापा समूहबाट गुरुप्रसाद भट्टराई एक हजार २९२ र मल्ल समूहबाट दामोदर लम्सालले ९३४ मत पाउनुभयो भने सहसचिवमा थापा समूहबाट ध्रुवबन्धु पौडेल एक हजार १५८ मत र मल्ल समूहबाट पृथ्वीप्रसाद पोख्रेलले ९३९ मत प्राप्त गरेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया