काठमाडौं - राजस्व अनुसन्धान विभागले राजश्व छलीमा संलग्न तीन फर्मविरुद्ध मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा उज्वल ट्रेड कन्सर्न, दिव्या ट्रेड कन्सर्न र टोनी कन्सर्नविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले उज्वल ट्रेड कन्सर्नका प्रोपाइटर रामवावु प्रसाद यादव, दिव्या ट्रेड कन्सर्नका प्रोपाइटर सरोज मण्डल, टोनी कन्सर्नको प्रोपाइटर शान्तिराम सिटौला विरुद्ध २९ करोड ७७ लाख ७४ हजार ४९९ राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
तीनवटै फर्मले नक्कली बिजकको प्रयोग गरी राज्यलाई हानिनोक्सानी पुर्याएको अनुसन्धानबाट खुलेको विभागको दाबी छ।
प्रतिक्रिया