काठमाडौं, युएईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । युएईको एक सहरमा रहेको QUAD DREAM SCAFFOLDING CONTRACTING LLC कम्पनीले १०० जना पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्न सहित २७ हजार देखि ३२ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले शिभ्म सेन्टर, दुर्गा चोक जनकुरमा मंसिर १७ गते,विर्तामोड इटहरीमा मंसिर १८ गते र Bhandari O verseas Pvt.Ltd. काठमाडौंमा मंसिर १५ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैँले तिर्नुपर्ने छ भने विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया