काठमाडौं, पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७८२९ पीसीआर परीक्षणमा २६१७ एन्टिजेन परीक्षणमा गरी कुल १०४४६ जनाको परीक्षणमा २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख १ हजार ७२२ संक्रमण मुक्त भइसेकका छन् ।
यस्तै कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ५१८ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार २८७ रहेको छ ।
प्रतिक्रिया