काठमाडौं-आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ को सेवाग्राही केन्द्रित योजना सार्वजनिक गरेको छ ।
आजबाट यो योजनाअन्तर्गत आइएमई पे सेवाग्राहीका लागि नेपालभरिका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (रु. ३०० सम्मको) क्यासब्याकको अफर रहेको छ। उ
उक्त अफरमा आइएमई पेमा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउनेछन्। यो एकपटकको वैध योजना हो, जसको अर्थ प्रतिप्रयोग १ क्यासब्याक हुनेछ। प्रयोगकर्ताले ३०० रुपैयाँसम्ममात्र २० प्रतिशत छुट पाउन सक्नेछन्।
‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्रान्ड हो। झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छयौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।
प्रतिक्रिया