दुई करोडको ३३ लिटर रक्त चन्दनसहित १० जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - प्रहरीले दुई करोड रुपैयाँ बराबरको ३३ लिटर रक्त चन्दनको तेलसहित १० जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीबार ग्राहकसँग बिक्री गर्न डिल गरिरहेको अवस्थामा काठमाडौं तिलगंगाबाट पक्राउ गरको हो । 

पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका ६ घर भई काठमाडौं महाराजगञ्ज बस्ने २३ वर्षीय घनश्याम आलेमगर, हलेसी ९ घर भई चाबहिल बस्ने २० वर्षीय जीवन थापा, तनहुँ भानु नगरपालिका ६ घर भई सामाखुसी बस्ने २५ वर्षीय सुदीप भट्टराई, काठमाडौं छाउनी घर भइ बस्ने ५३ वर्षीय अनिल चरण बस्नेत, सोही ठाउँमा बस्ने अनुप कुमार श्रेष्ठ रहेका छन् ।

यस्तै सिन्धुली ४ घर भइ हाल काठमाडौं बानियाटार बस्ने ५० हेम कुमार श्रेष्ठ, मकवानपुर गढि १ घर भइ हाल ललितपुर सानुगाउँ बस्ने ३९ वर्षिय मंगल सिंह, काठमाडौं टोखा ४ घर भइ बस्ने ३७ वर्षीय ईक्रम बिष्ट, काभ्रे बनेपा घर भइ भक्तपुर दुवाकोट बस्ने ३१ वर्षीय कार्साङ लामा र काठमाडौं तिलगंगा घर भइ बस्ने ५१ वर्षीय मनद पोडेँ रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया