जडीबुटी उत्पादन कम्पनीले आइपीओ निष्काशन गर्ने, ४० वर्षपछि कम्पनी नाफामा

४ बर्ष अगाडि

काठमाडौं - जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर ९आइपीओ० निकाष्शन गर्ने भएको छ । ४० वर्षअघि स्थापना भएको उक्त कम्पनीले ३ वर्षयता नाफा कमाउन सफल भएकोमा साधारण शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको यस वर्षको लेखापरीक्षणको काम भने भइरहेको छ । लेखापरिक्षणको काम सकिएपछि मात्र आइपीओ निष्काशनको प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । 

कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीका अनुसार कम्पनीले आर्थिक वर्ष २०७५/०७६ देखि नाफा कमाउन सफल भएको हो । सोही आवमा कर समेत तिरेर कम्पनीले नाफा मात्रै १ करोड ९२ लाख आर्जन गरेको थियो । 

त्यस्तै, आव २०७६/०७७ मा उक्त कम्पनीले १ करोड २२ लाख नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा पनि यस कम्पनी नाफामा नै रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया