सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को प्रतिइकाई खुद मूल्य बढ्यो, शेयरमा लगानी कति ?

४ बर्ष अगाडि

काठमाडौं, सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले कात्तिक मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । 

सार्वजनिक विवरण अनुसार फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ)मा सामान्य सुधार देखिएको छ ।

फण्डको अघिल्लो महिनामा १४ रुपैयाँ २८ पैसा रहेको न्याभ २३ पैसाले बढे र १४ रुपैयाँ ५१ पैसा पुगेको छ । साथै फण्डको सूचिकृत शेयर लगानीमा पनि बृद्धि भएको छ । अघिल्ला महिनामा १ अर्ब ३८ करोड रुपैयाँ सूचिकृत शेयरमा लगानी रहेकोमा बढेर १ अर्ब ४६ करोड पुगेको छ ।

यस फण्डको यस अवधिमा कुल आम्दानी समेत बढेको छ । अघिल्लो महिनाको तुलनामा २ करोडले बढेर यस्तो आम्दानी ६ करोड ८१ लाख २२ हजार पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया