काठमाडौं, नेरुडे लघुवित्त वित्तीय संस्थाले पुष १० गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
सभामा २१.४८ प्रतिशत बोनस र कर प्रयोजनसहित १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, नेरुडेको बुक क्लोज मिति पनि तय भएको छ ।
सभा प्रयोजनका लागि मंसिर २६ गतेदेखि पुष १० गतेसम्म बुक क्लोज हुने कम्पनीले जनाएको छ । मंसिर २५ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने सक्नेछन् ।
प्रतिक्रिया