नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना खुल्ला, प्रहरी जवानसहित २३२० जना माग

४ बर्ष अगाडि

काठमाडौं - नेपाल प्रहरीले आज ठूलो संख्यामा नयाँ भर्ना खुल्ला गरेको छ । आज प्रकाशित गोरखापत्रमार्फत प्रहरीले ठूलो संख्यामा भर्ना खोलेको हो । 

आज प्रकाशित सूचना अनुसार यही मंसिर १९ गतेदेखि पुस २३ गते आवेदन दिने म्याद तोकिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आजदेखि भर्ना खुल्ला गरिएकोमा १ सय ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर), प्रहरी जवान एक हजार नौ सय ७१ जना, कार्यालय सहयोगी (भान्से) १ सय ६३ जना, हजाम १० जना, कार्यालय सहयोगी (सिलाइ बुनाइ) १० जना, कुचिकार १० जना र धोबी १० जनासहित कूल दुई हजार ३२० जनाको लागि नयाँ भर्ना पनि खुलेको हो ।

प्रहरी निरीक्षक (इन्सपेक्टर) को लागि आवेदन दिन चाहनेहरुले काठमाडौंमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी, पूर्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आवेदन दिन सक्नेछन् ।

पाँच फिट दुई इन्च उचाई, छाती ३१–३३ इन्च भएका तथा ५० केजी तौल पुग्ने व्यक्तिले आवेदन दिन पाउने छन् । प्रहरी इन्स्पेक्टरको लागि स्नातक तह उत्तिर्ण हुनुपर्नेछ । साथै उमेर २० वर्ष पुरा भएको तथा २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया