रोमानियाको भिसा आवेदन सहज गरिदिन आग्रह, पाँच वर्षमा नेपालबाट ७ हजार बढि गए

४ बर्ष अगाडि

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान०ले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले नेपालबाटै भिसा आवेदन गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् । 

वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपाली कामदारको भिसा प्रक्रियाका लागि हाल भारतको राजधानी नयाँ दिल्ली जानुपर्ने बाध्यता रहेको छ । भिसा प्रक्रियाका लागि लामो समय नयाँदिल्लीमा बस्नुपर्दा लागतसमेत अनावश्यक रूपमा बढ्ने गरेकोे छ । 

बिहीबार शिष्टाचार भेटमा आएका नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनसँगको कुराकानीमा मन्त्री श्रेष्ठले उक्त आग्रह गरेकोे मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
 
पछिल्लो पाँच वर्षमा  नेपालबाट  ७ हजार ६ सय १८ जना रोमानिया गएका छन् । रोमानियाका लागि गत असोज महिनामा २ सय ९ जना र कात्तिकमा २ सय ५० जनाको श्रम स्विकृति भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया