शेयर बजारमा अनलाइन सेवा लिनेको संख्या ११ लाख ८४ हजार पुग्यो

४ बर्ष अगाडि

काठमाडौं - शेयर बजारमा अनलाइन सेवा लिने ११ लाख ८४ हजार पुगेका छन् । कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार ११ लाख ८४ हजार पुगेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।

सेवा लिने सबैजसोले अनलाइनबाटै कारोबार गर्ने गरेका छन् । नेप्सेका अनुसार सेवा लिएका मध्ये ११ लाख १७ हजारले अनलाइनबाटै शेयर कारोबार गर्ने गरेका छन् । 

जुन कुल सेवा लिनेको तुलनामा ९४.३४ प्रतिशत हो । बाँकीले भने अझै पनि अफलाइन नै कारोबार गर्ने गरेको नेप्सेको भनाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया