नेप्सेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ४ सय ८६ रूपैयाँ ४५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य एक हजार ५ सय ३५ रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ५६ रूपैयाँ ५२ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ८ सय ७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया