असोजसम्ममा धितोपत्र बोर्डमा ३८ उजुरी तथा गुनासो दर्ता, कति भए समाधान ?

४ बर्ष अगाडि

काठमाडौं चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपाल धितोपत्र बोर्डमा ३८ उजुरी तथा गुनासो दर्ता भएका छन् । 

बोर्डका अनुसार आर्थिक वर्ष ७८/७९ को असोज मसान्तसम्मको अवधिमा ३८ उजुरी तथा गुनासो दर्ता भएका हुन् । 

यी मध्ये  बोर्डमा लिखित रुपमा १५ उजुरी गुनासो दर्ता भएका छन् । जस मध्ये  १० उजुरीरगुनासो उपर शाखामार्फत कारवाही सम्पन्न गरिएको, १ निवेदन बोधार्थ, जानकारी तथा सुझावको रुपमा प्राप्त भएको छ । त्यस्तै ४ उजुरीरगुनासो समाधानको प्रकृयामा रहेको छन्।

साथै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेलो सरकारको वेब पोर्टलमार्फत २३ वटा उजुरीरगुनासो आएको बोर्डले उल्लेख गरेको छ । २३ वटै उजुरीरगुनासो उपर कारवाही सम्पन्न गरि फस्यौट भइसकेको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया