एजेन्सी - बेलायत जाँदै गरेका शरणार्थी सवार डुंगा इङलिस च्यानलमा डुब्दा २७ जनाको मृत्यु भएको छ । फ्रान्सको कालेइ नजिकै रहेको इङलिस च्यानल नजिकैको नहरमा डुंगा डुबेको हो ।
मृत्यु हुनेमा पाँच महिला र एक बालक रहेका छन् । शुरुमा ३१ जना डुबेको विवरण आएपछि फ्रान्सको प्रहरीले पछि मृत्यु हुनेको संख्या २७ मात्रै रहेको जनाएको हो ।
फ्रान्सेली तथा बेलायती अधिकारीहरुले हवाई तथा जल मार्गबाट उद्धारको काम गरेका थिए । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
सन् २०१४ देखि तथ्यांक संकलन गर्न थालिए यता च्यानलमा डुंगा डुबेर यति धेरै संख्यामा मृत्यु भएको पहिलो घटना भएको शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइओएमले जनाएको छ ।
प्रतिक्रिया