काठमाडौं,बिहीबार स्पेशल प्रि ओपन सेसनमा सामलिङ्ग पावर कम्पनीको पहिलो कारोबार भएको छ।
यस दिन सो सेसनमा सामलिङ्गको प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो। यो कम्पनीको शेयर उच्चतम मूल्यबाट कारोबार शुरु भएको हो।
कम्पनीको शेयर मंसिर ८ गते, बुधबार नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेले सामलिङ्ग पावरको पहिलो कारोबारका लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको थियो। कम्पनीको शेयर एसपीसी स्टक टिकरमा कारोबार भएको हो।
प्रतिक्रिया