मुद्दामा सत्तापक्ष र प्रतिपक्ष दलहरु एकजुट हुनुपर्छः प्रचण्ड

७ बर्ष अगाडि

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष दलहरु एकजुट हुनुपर्ने बताउनु भएको छ । 
अध्यक्ष दाहालले सत्तापक्ष र प्रतिपक्ष दलहरु एकजुट नभए मुलुकलाई समृद्ध बनाउने अभियान पूरा नहुने पनि स्पष्ट पार्नु भयो ।
गिरिजाप्रसाद कोइरालाको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गिरिजा प्रसाद कोइरालाले देखाउनु भएको सहमति, सहकार्य र एकताको बाटोबाट मात्रै मुलुकमा विद्यमान सबै समस्या समाधान हुने विश्वास पनि व्यक्त गर्नु भयो । अध्यक्ष दाहालले दलहरुबीचको एकताबाटै मुलुकमा गणतन्त्र आएको, संविधान जारी भएको र संविधान कार्यान्वयनको संवेदनशील चरण पार गरिएको उल्लेख गर्दै दलीय एकताकै बलमा मुलुकमा विकास र समृद्धिको अभियानलाई सफल बनाउन सम्भव हुने धारणा पनि राख्नु भयो ।

अध्यक्ष दाहालले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र स्थापनाका लागि खेल्नु भएको नेतृत्वदायी भूमिकाको चर्चा समेत गर्नु भयो ।

७ बर्ष अगाडि

प्रतिक्रिया