१४ लाख स्मार्ट कार्ड नेपाल आइपुग्यो,१५ लाख बढी नयाँ लाइसेन्सका लागि आवेदन

४ बर्ष अगाडि

काठमाडौं, फ्रान्सेली कम्पनी सेल्प एसएसएलले १४ लाख स्मार्ट कार्ड ल्याएको छ । 

यातायात विभागले जिम्मा दिएको सो कम्पनीले १४ लाख स्मार्ट कार्ड ल्याए पनि नेपालमा स्मार्ट लाइसेन्सका माग अनुसार स्मार्ट कार्ड सेवाग्राहीलाई स्मार्ट लाइसेन्स दिन नसक्ने भएको छ ।
 
१४ लाख स्मार्ट कार्ड आज आइपुगेको छ  । सो कार्ड हाल भन्सारमा आइपुगेको छ । तर, ल्याइएको कार्ड भन्दा आठ लाख बढी सेवाग्राहीले लाइसेन्सका लागि मात्रै आवेदन दिएका छन भने अघिल्लो बर्षको लकडाउनदेखि अहिलेसम्म १५ लाख बढी नयाँ लाइसेन्सका लागि आवेदन दिएका छन। ट्रायल कटाउने मात्रै ७ लाख बढी रहेको विभाग जनाएको छ ।

अहिले विभागले विदेश जानेका लागि मात्रै अर्जेण्ट लाइसेन्स प्रिन्ट गर्दै आएको छ । अर्जेण्ट कार्डका लागि  यातायात व्यवस्था विभागसँग सिमित कार्ड मात्रै बाँकी छ ।

विभागले कार्ड अभावका कारण चालक अनुमति पत्र नवीकरणका लागि निवेदन दिएका सेवाग्राहीलाई समेत स्मार्ट कार्ड उपलब्ध गराउन सकेको छैन ।

विभागले स्मार्ट लाइसेन्सको विकल्पमा परीक्षणकालीन लाइसेन्स दिन थाले पनि पुराना रिन्यु गर्ने सेवाग्राहीले नै रसिद बोकेर हिड्नुपर्ने बाध्यता छन ।

विभागले केही दिनमै नयाँ लाइसेन्स छपाइ गरी वितरण सुरु हुने जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया