झिनो अंकले बढेर थामियो नेप्से, कारोबार रकम ४ अर्ब २१ करोड बढी

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) नेप्से परिसूचक झिनो अंकले बढेको छ । 

आज नेप्से परिसूचक १.८२ अंकले बढेर २७३४.९३ विन्दुमा पुगेको छ । नेप्से ०.०७ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक भने ०.२८ अंकले घटेर ५१५.२० विन्दुमा झरेको छ । 

अन्तिम समयसम्म कारोबारमा आएका कूल २२७ वटा कम्पनीको ७४ लाख ४५ हजार २ सय २७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३ सय ३७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको शेयर घटेको छ ।

आज पनि नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड १५ लाख ५६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ६५ रूपैयाँ पुगेको छ । 

आज गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । फाइनान्सको शेयरमूल्य ५५ प्रतिशतले घटेर प्रतिकित्ता ८ सय ४२ रूपैयाँ झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया