सामलिङ्ग पावर र न्यादी हाइड्रोपावर सेयर नेप्सेमा सूचीकृत, कुनको ओपनिङ रेन्ज कति ?

४ बर्ष अगाडि

काठमाडौं, सामलिङ्ग पावर कम्पनी र न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेप्सेमा भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ। 

नेप्सेमा आज दुवै कम्पनीका आईपीओ सूचीकृत भएका हुन्। 

नेप्सेमा सामलिङ्ग पावरको कुल ५० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३७ लाख ७० हजार, उद्योग प्रभावित क्षेत्रका बासिन्दाको ५ लाख र सर्वसाधारणको ७ लाख ३० हजार कित्ता रहेका छन्।

नेप्सेले यो कम्पनीलाई एसपीसी कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि न्यूनतम ९८.७७ रुपैयाँदेखि अधिकतम २९६.३१ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। 

यसैगरी नेप्सेमा कुल १ करोड ५० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ करोड ९ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाको १५ लाख कित्ता र सर्वसाधारणको २५ लाख ५० हजार कित्ता रहेका छन्।

नेप्सेले यो कम्पनीलाई ‘एनवाईएडीआई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि न्यूनतम ९४.१३ रुपैयाँदेखि अधिकतम २८२.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया