मनकामना केव’लकार २३ औं वर्ष पुरा गरी २४औं वर्षमा प्रवेश

४ बर्ष अगाडि

चितवन को-ई समूह अन्तर्गत मनकामना दर्शन प्रा. लि. द्वारा संचालित नेपालकै पहिलो र सफल मनकामना केवलकारको संचालन यही मंसीर ८ बाट २३ वर्ष पूरम गरी २४ औं वर्षमा प्रवेश गरेको जानकारी गरेको छ । 

मंसीर ८,२०५५ सालबाट नियमित संचालनमा आएको केवलकारले संचालन देखि हालसम्म करीव १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय सेवा प्रदान गरिसकेको छ ।

संचालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रम’ख पर्यटकीय गन्तब्य हुन गएको छ र यस सेवा पश्चात् सो क्षेत्रमा उल्लेखनीय सबै क्षेत्रमा विकास भई विश्व सामु समेत मनकामनाको ख्याति प्रचार प्रसार भएको छ । विश्व प्रख्यात Austria काे Doppelmayr कम्पनीको प्रविधिबाट संचालित यस केवलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिंदै आएको छ ।

संचालन २४ वर्षमा प्रवेश गरिएका साथै प्रविधि पुरानो हुँदै गएको र धेरै नवीनतम् प्रविधिको विकास भईरहेको र मर्मत सम्भार खर्च समेत अत्यधिक भइरहेको र स्पेयर पार्टस पाउन समेत केही वर्षभित्र कठिनाई आउन सक्ने परिप्रेक्ष्यमा यही आ. व. २०७८/०७९ बाट केवलकारको प्रविधिको स्तरोन्नति समेत गरिने कुरा जानकारी गराएको छ ।

हाल रहेको Analogue System लाई Digital प्रविधिमा (D-Connect)  तीन चरणमा स्तरोन्नति गरिनेछ । स्तरोन्नति कार्य सकभर Low Season मा गरिने व्यवस्था गरिएको र सकभर कम समयमा कार्य चरणवद्ध रूपमा गरिने भएकोले नियमित संचालन समेत भइरहने छ । स्तरोन्नति यही आ. व २०७९/०८० र२०८०/०८१ को भाद्र महिनासम्म सकिने लक्ष्य रहेको छ ।

स्तरोन्नतिमा Drive System लाई A/C Drive मा, Control System लाई Analogue बाट Digital System मा परिणत गरिनका साथै  ःMain Haulage Cable (केवलकार लठठा), Communication Cable, केवलकारको Grip जस्ता महत्वपूर्ण सामान फेरी स्तरोन्नति गरिनेछ । भवन, टावरहरू,Bulwheel, Gondola हरू साविककै रहनेछ । यसरी स्तरोन्नति भएपछि D-Connect System मा संचालन हुने नेपालकै पहिलो केवलकार हुनेछ । स्तरोन्नति गर्न करीव ३० करोड लागत लाग्ने अनुमान गरिएको छ ।

मनकामनामा स्तरीय रिसोर्ट :
    
यसै आ. व. को फाल्गुणदेखि मनकामनामा भातृ संस्था Resorts By Manakamana Cable Car (P) Ltd. द्वारा केवलकार टप स्टेशन संगै करीव ९ रोपनी क्षेत्रफलमा ४० कोठा युक्त सुविधा सम्पन्न रिसोर्टको निर्माण समेत गरिन लागेको छ । उक्त रिसोर्ट करीव डेढ वर्षमा कार्य सम्पन्न गरिने लक्ष्य रहेको र सोमा स्तरीय रेष्टुरेन्ट साथै १०० सिट क्षमताको कन्फरेन्स हल रहने छ । यसबाट मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वमा थप विकास हुने, स्थानीय रोजगारी सृजना हुने, सो क्षेत्रको प्रत्यक्ष अप्रत्यक्ष सबैले प्रतिफल पाउने विश्वास लिइनका साथै मनकामना क्षेत्रमा स्तरीय पर्यटकहरूको आवागमन एवं बसाई बस्ने छ । रिसोर्टको कुल परियोजना लागत ३५ करो ड १८ लाख रहने अनुमान गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया