काठमाडौं, भर्खरै सञ्चालनमा ल्याएको ह्यात प्लेस होटलले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । ह्यात प्लेस सञ्चालन गरिरहेको सिटि होटल लिमिटेडले जारी पूँजीको १० प्रतिशत आईपीओ निष्काशन गर्ने भएको हो ।
मंगलबार आईपीओ निष्काशनको होटल र बिक्री प्रबन्धकबीच सम्झौता भएको छ । होटलले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आईएमई क्यापिटल नियुक्त गरेको हो ।
बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष शक्तिकुमार गोल्यान र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले कार्तिक १५ गतेबाट काठमाडौंमा पाँच तारे होटल ह्यात प्लेस सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया