काठमाडौं, युएईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । युएईको एक सहरमा रहेको A J SECURITY GUARD SERVICES कम्पनीले २५० जना पुरुष र २० जना महिला गरी जम्मा २७० जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्न सहित ६४ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले Perfect recruiting service pvt.ltd.को कार्यालय काठमाडौंमा मंसिर १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क,विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया