अहिलेसम्म धितोपत्र बोर्डमा २३ कम्पनीका बोनस सेयर दर्ता, कसको कति ?

४ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्षको कात्तिक मध्यसम्ममा नेपाल धितोपत्र बोर्ड (सेबोन) मा २३ कम्पनीका २ करोड ८ लाख कित्ता बढी बोनस सेयर दर्ता भएका छन्।

सेबोनमा ती कम्पनीका २ करोड ८ लाख ११ हजार ३५४.३२ कित्ता बोनस सेयर दर्ता भएका छन्। बोनस सेयर दर्ता कम्पनीहरुमा ११ वटा लघुवित्त, ५ वटा बीमा, ४ वटा जलविद्युत, विकास बैंक, फाइनान्स र अन्य समूहका एक÷एकवटा कम्पनी छन्। 

यीमध्ये धेरैजसोको २० वटामा आर्थिक वर्ष २०७६र७७ का लागि वितरण गरिएका बोनस सेयर छन्। बाँकी ३ वटाको भने आर्थिक वर्ष २०७७र७८ का लागि वितरण गरिएका बोनस सेयर छन्। 

सेबोनमा दर्ता भएका अधिकांश कम्पनीका बोनस सेयर नेप्सेमा पनि सूचीकृत भइसकेका छन्। 

 

४ बर्ष अगाडि

प्रतिक्रिया