काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार दोहोरो अंकले घटेको छ ।
आज नेप्से परिसूचक ३२.२९ अंकले घटेर २७३३.१४ विन्दुमा झरेको छ । नेप्से १.१७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले घटेर ५१५.४८ विन्दुमा झरेको छ ।
कारोबारमा आएका कूल २२७ वटा कम्पनीको ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५ सय ७८ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहको शेयर घटेको छ ।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४१ करोड ५७ लाख २४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
मंंगलबार पनि मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ९ सय ९० रूपैयाँ १० पैसा पुगेको छ ।
आज आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । फाइनान्सको सेयरमूल्य ५.८४ प्रतिशतले घटेर प्रतिकित्ता ८ सय १९ रूपैयाँ २० पैसामा झरेको छ ।
प्रतिक्रिया