नेपाल टेलिकमको सर्वाधिक कित्ता शेयर खरिदबिक्री, शेयरमुल्य साढे १४ सय माथि

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलवार) बजार खुलेको साढे २ घण्टाको अवधिमा नेपाल दूरसञ्चार कम्पनीको धितोपत्रको सर्वाधिक कित्ता शेयर खरीदविक्री भएको छ ।

सो अवधिमा कम्पनीको २ लाख १ हजार ४७७ कित्ता शेयर खरिदबिक्री भएको हो । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ २९ करोड १८ लाख बढीको शेयर कारोबार भएको छ । 

यो समचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४५८ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३७ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया