ज्यो. गुरु दिवाकर पन्त
आज २०७८ साल मंसिर महिनाको ७ गते मंगलबार, मंसिर कृष्णपक्षको चतुर्थी तिथि । आज मंगलचौथी रहेको छ । अजको दिन शेयर कारोबार सहित समग्र राशीफलको अवस्था यस्तो छ :
मेष
शेयर क्षेत्रमा सुधार आउने छ । भइराखेको आम्दानीमा बृद्धि नभए पनि पैतृक सम्पत्तिका कारण केही राहत भने मिल्ने छ । निर्णय लिनका लागि असाध्यै डर लाग्ने छ ।
वृष
शेयर क्षेत्र सकारात्मक रहने छ । लिइएका लक्ष्यहरु पुरा हुने क्रममा जाने छन् । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । कडा खालको बोली हुने भएकाले झैझगडाको भने खतरा हुने छ ।
मिथुन
शेयर क्षेत्र औसत प्रकृतिको नै रहने छ । भाग्यले साथ दिएको छ । पेशागत जीवनमा भने चुनौतिहरुको सामना गरि अघि बढ्नु पर्ने छ । विभिन्न खाले आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ ।
कर्कट
शेयर क्षेत्र अनुकुल रहने छ । कमाईमा बृद्धि हुने छ । पेशागत जीवनमा सुधार आउने छ । तर यौन जीवनमा कमजोरी देखिने र आरोप खेप्नु पर्ने खतरा रहेकाले संयमित रहनु होला ।
सिंह
शेयर क्षेत्र शुभ रहने छ । आर्थिक अवस्था अनुकुल रहने छ । साझेदारीका विषयहरुमा भने सचेत रही निर्णय लिनु होला । जोखिमपूर्ण कामहरुमा हात हाल्न मन लाग्ने छ । र केही सफलताहरु पनि प्राप्त हुने छ ।
कन्या
शेयर क्षेत्रमा धेरै उत्साही नहुनु होला । आर्थिक अवस्थामा केही कठिनाईको सामना गर्नु पर्ने छ । पेशागत जीवनमा राहतको अनुभूति हुने छ । समय संयमित रही अघि बढ्नु होला ।
तुला
शेयर क्षेत्र सकारात्मक दिशामा विद्यमान रहने छ । पेशा व्यावसायमा सन्तोष मिल्ने छ । निन्द्रामा समस्या देखिँदा मानसिक दबाब उत्पन्न हुने छ । मनमा दुविधाको चक्रले घेर्ने छ । सवारीसाधन सम्बन्धि विषयमा सतर्क रही यात्रा गर्नु होला ।
वृश्चिक
शेयर बजार सहज रहने छ । पेशागत जीवनमा सृजनशिलताको अभाव हुने छ । जसका कारण कमाईमा गिरावट आउने छ । जीवनसाथिको साथका कारण जीवनका कठिन क्षणहरुमा पनि मद्धत मिल्ने छ ।
धनु
शेयर क्षेत्र औसत रहने छ । पेशागत जीवनमा उल्झनहरुको सामना गर्नु पर्ने छ । शौखिन खालको व्यक्तित्व हुने भएकाले पैसा धेरै खर्च गर्न मन लाग्ने छ । भित्रि मनमा भने लद्युताभाषको भाषले सताउने छ ।
मकर
शेयर क्षेत्र मध्यम खालको रहने छ । आफुलाई बढि मुल्यांकन गर्ने र अरुलाई कम मुल्यांकन गर्ने स्वाभाव हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुँदा अरुले हेप्न सक्ने छैनन् ।
कुम्भ
शेयर बजार शुभ रहने छैन् । तर आर्थिक अवस्था अपेक्षाकृत शुभ रहने छ । सुख दुःखमा पनि सकारात्मक सोच राख्ने व्यक्तित्व बन्ने छ । भगवानमाथि विश्वास गर्ने मात्रामा बृद्धि हुने छ । पेशागत जीवनमा नयाँ नयाँ क्षेत्रको विश्वास आर्जन गर्न सकिने छ ।
मीन
शेयर बजारबाट केही लाभ मिल्ने छ । नयाँ नयाँ सामान खरिद गर्ने समय रहेको छ । बाध्यात्मक कदमका कारण आफैले गरेका बाचा र बचनहरु पुरा गर्न निकै कठिन हुने छ । पारीवारिक जीवनमा कठिनाईहरुको अवस्थाबाट गुज्रनु पर्ने छ ।
(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१००
प्रतिक्रिया